फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-बंगलादेश आर्थिक व्यापारिक संयुक्त समितिको चौधौ बैठक सुरु

(GMT+08:00) 2016-08-24 10:09:08
चीन-बंगलादेश आर्थिक व्यापारिक संयुक्त समितिको चौधौ बैठक अगष्ट बाइस तारिख बंगलादेशको राजधानी ढाकामा शुरु भएको छ। चीनका उप वाणिज्य मन्त्री काउ यानले बंगलादेशको अर्थ मन्त्रालयका उच्च सचिवको संयुक्त तत्ववधानमा उक्त बैठक सुरु भएको हो।

बैठकमा दुवै पक्षले दुई देशका नेतागण बीच आर्थिक तथा व्यापारिक सहयोग क्षेत्रमा हासिल गरिएको मतैक्यको कार्यन्वयन गर्दै एक पेटी एक मार्गको संयुक्त निर्माण गर्ने, व्यापारिक लगानीलाई गहन पार्ने, सहायता, स्वतन्त्र व्यापार क्षेत्रको निर्माण लगायतका विविध विषयबारे बैचारिक आदानप्रदान गरेका छन्।

चीन बंगलादेशको सबभन्दा ठूलो व्यापारिक साझेदार हो र आयात मुलुक पनि। बंगलादेश दक्षिण एशियामा चीनको तेस्रो ठूलो व्यापारिक साझेदार हो र परियोजना ठेक्कामा लिइने महत्वपूर्ण बजार पनि। चीनका उप वाणिज्य मन्त्री काउले आपसी आर्थिक तथा व्यापारिक सहयोग दुई देश लगायत सोही क्षेत्रकोलागि लाभान्वित भएकोले सहयोगको उज्ज्वल भविष्य रहेको विश्वास व्यक्त गर्नुभएको छ। चीनले एक पेटी एक मार्ग प्रस्ताव र बंगलादेशको विकास रणनीतिसँग जोड्न प्रवर्द्धन पार्ने छ जसबाट पारस्परिक सहयोगलाई अझ व्यापक क्षेत्रमा गहन रुपमा विकसित पार्नसकिने ठहर पनि मन्त्री काउले गर्नुभएको छ।

बंगलादेशका अर्थ मन्त्रीले लामो समयदेखि चीनले सहयोग दिँदै आएकोमा धन्यवाद ज्ञापन गर्दै बंगलादेशको आर्थिक निर्माणमा चीनको सहभागिताको स्वागत गर्नुभएको छ। बंगलादेशले एक पेटी एक मार्ग निर्माणमा सक्रियताका साथ भाग लिँदै आपसी आर्थिक तथा व्यापारिक सहयोगलाई नयाँ चरणमा पुर्‍याउने आशा व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु