फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आठौँ चीन-जापान-दक्षिण कोरिया विदेश मन्त्री सम्मेलन जापानमा शुरु

(GMT+08:00) 2016-08-24 15:42:39

अगष्ट चौब्बीस तारिख चीनका परराष्ट्र मन्त्री वाङ यीले जापानको टोकियोमा जापानी विदेश मन्त्री फुमीओ किशिदा र दक्षिण कोरियाली विदेश मन्त्री युन ब्युङसेसँगै आठौं चीन-जापान-दक्षिण कोरिया विदेश मन्त्री सम्मेलनमा भाग लिनुभएको छ।

गत वर्षको नभेम्बरमा तीन मुलुबीचमा भएको शिखर सम्मेलन नै आपसमा सहयोगको नयाँ अवसर देखा परेको प्रतीक हो। परराष्ट्र मन्त्री वाङ यीले पारस्परिक राजनीतिक विश्वास बढाएर वस्तुगत सहयोग गरी दिगो विकासलाई अघि बढाइ पूर्वी एशियाको सहयोमा नयाँ जीवन्त शक्ति थप्नुपर्ने विचार व्यक्त गर्नुभएको छ।

चीनको हाङचौमा बीस मुलुक समूहको शिखर सम्मेलन शुरु हुँदै छ। बीस मुलुक समूहमा मुख्य सदस्य रहेका चीन, जापान र दक्षिण कोरियाले यस पटकको शिखर सम्मेलनमार्फत विश्वको आर्थिक बृद्धि तथा विश्वको अर्थ संचालन र व्यवस्थापनलाई सुधार गर्ने क्षेत्रमा योगदान गर्ने कोशिश गर्नु पर्ने ठहर गर्नुभएको छ।

जापानी विदेश मन्त्री फुमीओ किशिदा र दक्षिण कोरियाली विदेश मन्त्री युन ब्युङसेले आपसी सहयोग सोही क्षेत्रको शान्ति, स्थिरता तथा समृद्धिको लागि हितकर भएको विचार व्यक्त गर्नुभएको छ। तीन मुलुकले चालू वर्षमा आयोजना हुने श्रृंखलाबद्ध अन्तर्राष्ट्रिय सम्मेलनमा आपसी सम्पर्कलाई सबल गदै जाने आशा उहाँहरुले पनि प्रकट गर्नुभएको छ।

जानकारी तथा लेखहरु