फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र फिलिपिन्सले तुरुन्तै वार्ता हुने चीनको अपेक्षा

(GMT+08:00) 2016-08-25 09:59:21

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ्गले अगष्ट 24 तारिख फिलिपिन्सले पूर्वी एशियाली सहयोगसम्बन्धी नेताहरुको सम्मेलनमा दक्षिण चीन सागर समस्याबारे छलफल नगर्ने सम्बन्धमा फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेद्वारा प्रस्तुत गरिएको धारणाप्रति चीनले स्वागत गरेको, चीन र फिलिपिन्सले तुरुन्तै वार्ता गर्ने अपेक्षा चीनले लिएको कुरा बताउनुभएको छ।

प्राप्त समाचार जनाइएअनुसार, फिलिपिन्सका राष्ट्रपति डुटेर्टेले अगष्ट 23 तारिख फिलिपिन्सले आगामी सेप्टेम्बरमा आयोजित पूर्वी एशियाली शिखर सम्मेलनमा दक्षिण चीन सागरको मध्यस्थता फैसलाबारे प्रस्तुत नगर्ने, चालु वर्षभित्र चीनसँग दक्षिण चीन सागरको विवादबारे द्विपक्षीय वार्ता गर्ने आशा लिएको कुरा बताउनुभयो।

चीन र फिलिपिन्स मैत्रीपूर्ण छिमेकी हुन् भन्दै दुई पक्षले सम्बन्धित समस्याहरुको समाधान गर्नसक्ने, दुई मुलुकको सम्बन्धलाई स्वस्थ विकासको बाटोमा पुनःफर्कन अगाडि बढाउने विश्वास प्रवक्ता लुले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु