फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

'विश्व रोजगारी तथा भविष्य 2016' प्रतिवेदन सार्वजनिक

(GMT+08:00) 2016-08-25 10:01:12

अन्तर्राष्ट्रिय श्रम संगठनले अगष्ट चौब्बीस तारिख जेनेभामा 'विश्व रोजकारी तथा भविष्य 2016'प्रतिवेदन सार्वजनिक गरेको छ। विश्वका युवाहरुको बेरोजगारी दर सन् 2016 मा 13.1 प्रतिशत पुग्ने अनुमान सो प्रतिवेदनमा उल्लेख गरिएको छ। साथै युवाहरु कार्यरत गरिबी अवस्थामा पनि विशेष ध्यान पुर्‍याइएको छ।

चालु वर्षको प्रतिवेदनमा युवा पुस्ताको रोजकारीमा ध्यान पुर्‍याइएको छ। सन् 2016 मा विश्वमा बेरोजगारी भएका युवा- युवतीको संख्या 5 लाख थपिएर 7 करोड 10 लाख पुग्ने अनुमान गरिएको छ। बेरोजगारी युवा-युवतीहरु विश्वको सम्पूर्ण बेरोजगारी जनसंख्याको 35 प्रतिशत ‌रहेका छन्। सन् 2017 मा विश्वमा बेरोजगारी अवस्था अझ गम्भीर हुनेछ र विशेष गरी नवउदयमान मुलुकहरुमा बेरोजगारी दर अझै बढ्नेछ।

सो प्रतिवेदनमा कार्यरत गरिबी अस्थामा विशेष ध्यान दिइएको छ। कार्यरत गरिबी भनेको एउटा स्थायी काम तर तलब सामान्य जीवनको मागलाई पूरा गर्न नसक्ने अवस्था हो। साहारादेखि दक्षिणतिरको अफ्रीकी क्षेत्रमा यो अवस्था सबभन्दा गम्भीर रहेको छ र 70 प्रतिशत पुगेको छ भने दक्षिण एशियाको दर 49 प्रतिशत रहेको छ। अन्तर्राष्ट्रिय श्रम संगठनका उप महा-प्रबन्धक लोरेन्स जौसनले विभिन्न मुलुक तथा क्षेत्रको सामु देखा पर्ने चुनौती सभ्य रोजगारीको अवसर कसरी सिर्जना गर्ने भन्ने रहेको सो प्रतिवेदनमा औँल्याइएको छ।

जानकारी तथा लेखहरु