फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापानी प्रधानमन्त्री र चिनियाँ परराष्ट्र मन्त्री बीच भेटघाट

(GMT+08:00) 2016-08-25 10:02:40
जापानी प्रधान मन्त्री सिन्जो आबेले अगष्ट चौब्बीस तारिख आठौँ चीन-जापान-दक्षिण कोरिया विदेश मन्त्रीस्तरिय सम्मेलनमा भाग लिइरहनुभएको चीनका परराष्ट्र मन्त्री वाङ यी, जापानी विदेश मन्त्री फुमीओ किशिदा र दक्षिण कोरियाली विदेश मन्त्री युन ब्युङ सेसँग भेटघाट गर्नुभएको छ।

प्रधान मन्त्री आबेले भन्नुभएको छः जापान, चीन तथा दक्षिण कोरियाको कूल आर्थिक परिमाण विश्वको बीस प्रतिशत पुगेकोले क्षेत्रीय शान्ति तथा स्थिरताको संरक्षणको जिम्मा लिनुपर्छ। यस क्रममा तीन मुलुक बीचको सहयोग निकै महत्वपूर्ण रहेको छ। दीर्घकालीन दृष्टिकोणबाट जापानले चीनसँगको रणनीतिक हितयुक्त सम्बन्धको स्थापना गर्ने बाटोमा अगाडि बढ्ने आशा लिएको छ। आयोजना हुन लागेको बीस मुलुक समूहको हाङचौ शिखर सम्मेलन नै विश्वको अर्थतन्त्रको दिगो विकासको लागि अर्थपूर्ण रहेको र सोही शिखर सम्मेलनमा भाग लिने अपेक्षा रहेको आबेले व्यक्त गर्नुभएको छ।

चीनका परराष्ट्र मन्त्री वाङ यीले तीन मुलुक बीचको सम्बन्धमा कठिनाइ देखा परेतापनि यस पटकको विदेश मन्त्री स्तरीय सम्मेलनको आयोजनाबाट आपसी सहयोगको राम्रो प्रवृत्तिलाई कायमै राखेको विचार व्यक्त गर्नुभएको छ। बीस मुलुक समूहका सदस्य मुलुकले हाङचौ शिखर सम्मेलनको सफल आयोजनाको लागि सक्रिय तथा रचनात्मक भूमिका निर्वाह गरिरहेको छ र सोही क्षेत्रको शान्तिपूर्ण विकास तथा पारस्परिक सम्बन्धको सुधारको लागि तीनटा मुलुकले कोशिश गर्दै जाने आशा चीनले लिएको बताइएको छ।

जानकारी तथा लेखहरु