फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पारस खड्कासहित 6 खेलाडी क्रिकेट खेल्न अमेरिका जाने

(GMT+08:00) 2016-08-25 17:12:33
कप्तान पारस खड्कासहित 6 नेपाली क्रिकेट खेलाडी क्रिकेट खेल्न अमेरिका जाने भएका छन्। उनीहरू आउँदो साता अमेरिकातर्फ उड्ने छन्। अमेरिकामा बस्ने नेपालीहरूको निम्तोमा 6 नेपाली खेलाडी अमेरिका जान लागेको सेतोपाटी अनलाइनले लेखेको छ। अमेरिकामा क्रिकेट खेल्न जाने नेपाली खेलाडीमा 5 राष्ट्रिय टोलीका र एक बाहिरबाट छन्। राष्ट्रिय टोलीबाट कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, ब्याट्सम्यान सरद भेषवाकर, राष्ट्रिय टोलीका प्रारम्भिक बलर सोमपाल कामी र स्पिनर बसन्त रेग्मी छन्।

राष्ट्रिय टोली बाहिरबाट सिद्धान्त लोहनी मात्र रहेका छन्। यी 6 नेपाली खेलाडीलाई अमेरिकाको डल्लास प्रिमियर लिग क्लब नेपाली राइनोसले निम्तो पठाएको हो। नेपाली खेलाडीले एक महिना अमेरिकामा क्रिकेट खेल्ने कार्यक्रम रहेको छ। डल्लासमा हुने प्रिमियर लिग सेप्टेम्बर 17 देखि नोभेम्बर 20 सम्म 2 महिना आयोजना हुनेछ।

जानकारी तथा लेखहरु