फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेस्रो अन्तर्राष्ट्रिय तिब्बती पर्यटन तथा साँस्कृतिक एक्स्पो ल्हासामा सुरु

(GMT+08:00) 2016-09-11 14:55:33

तेस्रो अन्तर्राष्ट्रिय तिब्बती पर्यटन तथा साँस्कृतिक एक्स्पो दश तारिख बेलुका ल्हासामा सुरु भएको छ। चीनको राष्ट्रिय जन काँग्रेस स्थायी सम्मेलनका अध्यक्ष स्याङ पा फिङ छो, चीनको जन राजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका उपाध्यक्ष फापाला गलेलाङच्ये, चीनको जन राजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका उपाध्यक्ष एवम् विज्ञान तथा प्रविधि मन्त्री वान काङ उक्त उद्घाटन समारोहमा उपस्थित हुनुभएको छ।

सो अवसरमा तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष लो साङ च्याङ छोनले तिब्बतले एक बेल्ट एक रोडको रणनीतिक मौका लिएर तिब्बती पर्यटन उद्योगलाई माथि उकास्दै तिब्बतलाई विश्व चर्चित पर्यटन गन्तव्यको रुपमा बनाई चिनियाँ सँस्कृति संरक्षण क्षेत्र र दक्षिणी एशियातिर खुला हुने महत्वपूर्ण बाटोको रुपमा निर्माण गर्ने बताउनुभयो।

नेपालका उप-प्रधानमन्त्री कृष्णबहादुर महराले कार्यक्रमलाई सम्बोधन गर्दै तिब्बती एक्स्पोबाट अझ बढी व्यापारी तथा लगानी सहयोग सम्बन्धको स्थापना गर्नसक्ने र नियमित आदान-प्रदानबाट पर्यटन प्रबर्द्धन गरी अझ बढी चिनियाँ पर्यटकलाई नेपालमा आकर्षण गर्नसक्ने आशा आफूले लिएको व्यक्त गर्नुभयो।

थाहा भएअनुसार, सोह्र तारिखसम्म चल्ने यस एक्स्पोमा पन्ध्र मुलुक र क्षेत्रका लगभग चार सय विदेशी अतिथि सहभागी भएका छन्।

जानकारी तथा लेखहरु