फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पुनहिलमा पर्यटकको चहलपहल बढ्यो

(GMT+08:00) 2016-09-27 18:04:24

'सबैका लागि पर्यटन' भन्ने नाराका साथ विश्वभर मङ्गलबार 'विश्व पर्यटन दिवस' मनाइँदैछ। यसका साथै विश्वप्रसिद्ध राउण्ड अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको घोरेपानीको पुनहिल क्षेत्रमा पर्यटकको चहलपहल पनि बढेको छ। समुद्री सतहदेखि तीन हजार 210 मिटर उचाइमा रहेको पुनहिलमा बिहानीको सूर्योदयसँगै चम्केका हिमशृङ्खलाको अवलोकनका लागि पर्यटक पुग्ने गर्छन्।

असोज महिनाको सुरुवातसँगै पर्यटकको आगमन बढेको घोरेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष जुनु पुनले बताएको गोरखापत्रअनलाइनले लेखेको छ। उनका अनुसार अहिले दैनिक 150 को हाराहारीमा पर्यटक पुनहिल क्षेत्रको भ्रमणमा पुग्ने गरेका छन्।

यस क्षेत्रबाट आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको रेञ्जमा पर्ने झन्डै 20 बढी हिमचुचुरालाई नजिकबाट नियाल्न सकिन्छ। चैत वैशाखमा ढकमक्क फुल्ने थरिथरिका लालीगुराँस तथा पुस र माघमा पर्ने सेताम्मे हिउँ पर्यटकको मुख्य आकर्षण हुन्। साथै हरियाली जङ्गलबीचको डाँडाबाट दृश्यावलोकनका लागि बनाइएको आकर्षक पुनहिल टावरका कारण पनि यस क्षेत्रमा बाह्य तथा आन्तरिक पर्यटक पुग्ने गरेका छन्।

घोरेपानी हुँदै पुनहिलको भ्रमणमा जाने पर्यटकलाई लक्षित गरी स्थानीयवासीले अहिले यस क्षेत्रमा व्यवस्थित पदमार्ग निर्माणलाई जोड दिएका छन्। घोरेपानीमा वार्षिक 30 हजारको हाराहारीमा पर्यटक भित्रिने गरेका छन्।

जानकारी तथा लेखहरु