फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतले "पेरिस सम्झौता" पारित गर्ने चीनद्बारा स्वागत

(GMT+08:00) 2016-09-27 18:04:56

आगामी अक्टोबर दुई तारिख भारतले "पेरिस सम्झौता"मा सहभागी जनाउने पक्षमा अनुमोदन गरेको छ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले छब्बीस तारिख पैचिंगमा आयोजित पत्रकार सम्मेलनमा भारतको यो निर्णयलाई स्वागत गर्नुका साथै भारतको यो निर्णयबाट "पेरिस सम्झौता"लाई प्रभावकारी बनाउनुका साथै कार्यान्वयनलाई साकार तुल्याउने एउटा महत्वपूर्ण शक्ति भएको बताउनुभयो।

प्रवक्ता कङले जलवायु परिवर्तन समस्या विश्व सामु देखा परेको साझा चुनौती भएको र यसका लागि अन्तर्राष्ट्रिय समाजको सहयोग अपरिहार्य भएको बताउनुभयो। जलवायु परिवर्तन समस्यामा सहयोगलाई सबल पारेर "पेरिस सम्झौता"को प्रभावकारी कार्यान्वयन अघि बढाउन चीनले भारतसहित विभिन्न पक्षसँग प्रयास गर्ने उहाँले औंल्याउनुभयो।

जानकारी तथा लेखहरु