फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री ली ख छ्याङद्बारा क्युबाका क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोसँग भेट

(GMT+08:00) 2016-09-27 18:27:33

सेप्टम्बर पच्चीस तारिख चीनका प्रधानमन्त्री ली ख छ्याङले क्युबाका क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोसँग भेट गर्नुभएको छ। भेटको अवसरमा दुवै नेताले दुई मुलुकका सम्बन्ध, विश्व शान्ति, क्षेत्रिय समस्या, खाद्य सुरक्षा आदि साझा चासोका समस्याबारे छलफल गरेका छन्।

प्रधानमन्त्री ली ख छ्याङले सर्वप्रथम राष्ट्राध्यक्ष सी चिंग फिंग, चीनका नेता र चिनियाँ जनताको तर्फबाट फिडेल क्यास्ट्रोलाई हार्दिक शुभकामना व्यक्त गर्नुभयो। उहाँले अन्तर्राष्ट्रिय परिस्थितिमा परिवर्तन आएता पनि चीन र क्युबाले सधैंनै आपसी समानता, असल साझेदारी र राम्रो साथीको सम्बन्धमा कुनै परिवर्तन नभएको बताउनुभयो।

फिडेल क्यास्ट्रोले क्युबा र चीनबीच गहिरो मित्रता रहेको र दुई मुलुकको दौत्य सम्बन्ध स्थापना भएको 50 वर्ष भन्दा अघिदेखि नै चीनले धेरै सफलता प्राप्त गरेको बताउनुभयो। उहाँले हालको विश्व परिस्थिति जटिल बन्दैगएको र धेरै परिवर्तन भइरहेको बताउँदै विश्व-शान्तिको संरक्षणमा क्युबा र चीनले सहयोग गर्ने आशा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु