फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आबेको भनाइबारे चीनको प्रतिक्रिया

(GMT+08:00) 2016-09-27 18:48:33

हालै जापानका प्रधानमन्त्री शिन्चो आबेले अन्तरिम संसदमा सम्बोधन गर्दै जापानले चीनको शान्तिपूर्ण विकासप्रति स्वागत गर्नुका साथै रणनीतिक आपसी हितयुक्त सम्बन्धको नीतिमा आधारित रहेर समष्टिगत अवस्थाबाट दुई देशको सम्बन्धको सुधार गर्न प्रबर्द्धन गर्ने बताउनुभयो। साथै उहाँले एक पक्षले पूर्वी चीन सागर र दक्षिणी चीन सागरको वर्तमान अवस्थामा परिवर्तन गर्न चाहेका प्रति विरोध जनाउनुका साथै कुटनीतिक उपायमार्फत शान्तिपूर्ण रुपमा समाधान गर्न आह्वान गर्नुभयो।

त्यसको प्रतिक्रिया दिँदै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले चीन-जापान बीचको सम्बन्ध सुधार गर्ने चीनको अडानमा कुनै पनि परिवर्तन नभएको कुरामा जोड दिनुभयो। उहाँले चीनसँग एउटै दिशातर्फ हिँडेर संयुक्त रुपमा चीन-जापान सम्बन्धलाई अघि बढाउन चीनले जापानसमक्ष आह्वान गरेको पनि बताउनुभयो।

जानकारी तथा लेखहरु