फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सम्बन्धित मुलुकले दक्षिण चीन सागर विषयमा रचनात्मक योगदान गर्ने चीनको आशा

(GMT+08:00) 2016-09-27 18:49:15

 चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले सम्बन्धित मुलुकले निष्पक्ष रुपमा दक्षिण चीन सागर विषयको उचित समाधान गर्न रचनात्मक योगदान गर्ने आशा चीनले लिएको व्यक्त गर्नुभएको छ।

हालै सम्पन्न भएको सत्रौँ असंलग्न आन्दोलनको शिखर सम्मेलनमा सिङ्गापुरलगायत केही मुलुकले धेरै मुलुकको विरोधको बावजुद सम्मेलन उपलब्धिसम्बन्धी पत्रमा दक्षिण चीन सागर विषय थप्न आग्रह गरेका थिए। तर हाल सिङ्गापुरले उक्त रिपोर्ट र तथ्यबीच मेल नभएको उल्लेख गरेको छ। प्रवक्ता कङ श्वाङले त्यसको प्रतिक्रिया दिँदै केही मुलुकले उपलब्धि पत्रमा दक्षिण चीन सागर विषय थप्न खोजेको तर त्यसले असंलग्न आन्दोलनका धेरैजसो सदस्यको समर्थन नपाएको र साथै सम्बन्धित विषयबाट चीनलगायत दक्षिण चीन सागरसम्बन्धी मुलुक बीचको सहमति प्रतिबिम्बित नभएको बताउनुभयो। चीनले सम्बन्धित मुलुकले निष्पक्ष अडान लिएर दक्षिणी चीन सागर विषयको उचित समाधान गर्न रचनात्मक योगदान गर्नसक्ने आशा लिएको पनि उहाँले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु