फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आफ्नो सुत्ने कोठा यसरी नियाल्नुभएको छ कि?

(GMT+08:00) 2016-09-28 11:02:38

दक्षिण अफ्रिकाका फोटोग्राफर एवम् चलचित्र निर्माणकर्ता जोन थाक्वरैले 55 देशका सुत्ने कोठाको भित्री छानाबाट फोटो खिचेका छन्। ती फोटोहरुबाट विभिन्न क्षेत्रको साँस्कृतिक विविधता देखाइएको छ।

प्राप्त जानकारीअनुसार, उनले छ वर्षको अवधिमा थाइल्याण्ड, इरान, रुस, अमेरिका लगायत 55 देशका सर्वसाधारणका सुत्ने कोठाको फोटो खिचेका हुन्।

फोटो खिच्दाको मौकामा साँस्कृतिक विविधताबाहेक जोन थाक्वरैले अरु धेरै अनुभव र विचार पनि सँगालेका छन्। आधुनिक प्रविधिले झन् झन् बढी मानिसबीच सम्पर्क बढाएको छ। त्यसबाहेक विश्वका धेरै ठाउँका मानिसहरु गरिबी र हिंसाको चपेटामा पर्नुका साथै धेरै महिला न्यायको खोजीमा छन्। तर आनन्द र सुख एउटै नभए पनि विकसित देशका तुलनामा गरीब देशका धेरै सर्वसाधारण बढी खुशी र सुखी देखेको फोटोग्राफर थाक्वरैको अर्को अनुभव छ।


1 2 3
जानकारी तथा लेखहरु