फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फोन र नेटमा नेपालीको खर्च एक खर्ब

(GMT+08:00) 2016-09-28 15:59:34

नेपालीले दूरसञ्चार सेवा उपभोगका लागि वार्षिक एक खर्ब रुपैयाँ खर्च गर्ने गरेका छन्। फोन गर्न तथा इन्टरनेट चलाउन यो रकम खर्च गरेका हुन्।

नेपालमा दूरसञ्चार सेवा सञ्चालनरत कम्पनीले अघिल्लो आर्थिक वर्षमा सेवा बिक्रीबापत एक खर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको दूरसञ्चार प्राधिकरणको तथ्यांक छ। सेवाप्रदायकको सेवा बिक्रीबापतको आम्दानी नै उपभोक्ताको खर्च हो।

सेवाप्रदायकको आम्दानीका आधारमा नेपालीले फोन तथा इन्टरनेट सेवा उपभोगमा करिब एक खर्ब रुपैयाँ खर्चिने देखिएको दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले बताए।

प्राधिकरणका अनुसार आर्थिक वर्ष 071-72 मा सेवा सञ्चालनरत 41 कम्पनीले कुल 99 अर्ब दुई करोड 55 लाख रुपैयाँ आम्दानी गरेको नयाँपत्रिका दैनिकले लेखेको छ।

अघिल्लो आर्थिक वर्ष 070-71 मा दूरसञ्चार कम्पनीले कुल 92 अर्ब 88 करोड 75 लाख रुपैयाँ आम्दानी गरेका थिए।

दूरसञ्चार प्राधिकरणका अनुसार मुलुकका आधाभन्दा बढी जनसंख्या इन्टरनेटको पहुँचमा जोडिएका छन्। साउन 073 सम्ममा नेपालका 51 दशमलव 68 प्रतिशत जनता इन्टरनेटको पहुँचमा पुगेको प्राधिकरणको तथ्यांक छ।

प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले एक करोड 35 लाख 39 हजारजना नेपाली इन्टरनेटको पहुँचमा पुगेका छन्।

जानकारी तथा लेखहरु