फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ नेता मङ च्येङ चुद्वारा चीन-भारत आतंकवाद प्रतिरोध तथा सुरक्षा वार्तामा सहभागी भारतका प्रतिनिधि मण्डलसँग भेट-वार्ता

(GMT+08:00) 2016-09-28 18:28:12

 चिनियाँ राजनैतिक व्यूरो समितिका सदस्य एवम् चिनियाँ कम्युनिष्ट पार्टी राजनीतिक शास्त्र तथा कानून समितिका अध्यक्ष मङ च्येङ चुले सेप्टम्बर 27 तारिखका दिन पैचिंगमा भारतको संयुक्त गुप्तचर समितिका अध्यक्ष आर एन रविसँग भेट-वार्ता गर्नुभएको छ। आर एन रवि एक भारतीय प्रतिनिधि मण्डलसहित चीनमा आतंकवाद प्रतिरोध तथा सुरक्षा वार्तामा सहभागी हुनआएका हुन्।

अध्यक्ष मङ च्येङ चुले केहि वर्षदेखि दुवै मुलुकका नेताको संयुक्त प्रयासमा चीन र भारत बीचको सम्बन्ध स्थिर रुपमा विकास भएको बताउनुभयो। उहाँले आतंकवाद जनताहरुको साझा शत्रु भएको भन्दै दुवै मुलुकद्बारा आतंकवाद प्रतिरोध तथा सुरक्षा क्षेत्रमा सहयोगलाई सबल बनाउनु दुवै मुलुकका जनताको हित अनुकूल भएको व्यक्त गर्नुभयो।

अध्यक्ष आर एन रविले भारतले चीनसँग आतंकवाद प्रतिरोध तथा सुरक्षा क्षेत्रमा सहयोगलाई सुदृढ पार्ने औंल्याउनुभयो।

जानकारी तथा लेखहरु