फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-यूरोप मानवअधिकार गोष्ठी चीनको छोङ छिङमा आयोजित

(GMT+08:00) 2016-09-28 18:28:56

सन् 2016 चीन-यूरोप मानवअधिकार गोष्ठी आज अठ्ठाईस तारिख चीनको छोङ छिङमा आयोजना भएको छ। चीन, जर्मनी, फ्रान्स, नेदरल्यान्ड्स, बेलायत, नर्वे आदि मुलुकका पचास भन्दा बढी विज्ञहरुले अल्पसंख्यक जातिहरुका अधिकारको प्रत्याभूतिलाई मुख्य विषय बनाएर छलफल गरेका छन्।

उक्त गोष्ठीमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका उपप्रचारमन्त्री छ्वै यु यीङले सम्बोधन गर्नुभएको छ। उहाँले केहि वर्ष यता चिनियाँ मानवअधिकार मामिलामा धेरै विकास आएको भन्दै चीनले संविधान, कानून र प्रणाली आदि धेरै स्तरमा जातिय समानता र मुलुकलाई सह-व्यवस्थापन गर्न आधार सिद्धान्त तोकेको बताउनुभयो। उहाँले चीनले क्रमबद्ध कदम चाल्दै राजनीतिक, आर्थिक, साँस्कृतिक, भाषा, रीतिरिवाज, धार्मिक आदि क्षेत्रमा अल्पसंख्यक जातिहरुको अधिकारलाई प्रत्याभूति दिएको पनि बताउनुभयो।

चीन-यूरोप मानवअधिकार गोष्ठी चिनियाँ मानवअधिकार अध्ययन केन्द्रले आयोजना गरेको हो।

जानकारी तथा लेखहरु