फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व प्रशासन प्रणाली सुधार गर्न सी चिन फिङद्वारा जोड

(GMT+08:00) 2016-09-28 18:45:17

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक ब्यूरोले सेप्टेम्बर सत्ताइस तारिख जी बीस शिखर सम्मेलन र विश्व प्रशासन प्रणाली सुधारसम्बन्धी पैँतीसौँ सामूहिक प्रज्ञताको आयोजना गरेको छ।

सो अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव सी चिन फिङले अन्तर्राष्ट्रिय शक्तिबीचको सन्तुलनमा देखिएको परिवर्तन र विश्वव्यापी चुनौती बढ्दा विश्व प्रशासन र विश्व प्रशासन प्रणालीको सुधारलाई बढाउनु नै वर्तमान स्थितीको मुख्य आवश्यक्ता रहेको कुरामा जोड दिनुभयो। उहाँले सुअवसरलाई छोपी विकास प्रवृत्तिको अनुकूलमा रहेर अन्तर्राष्ट्रिय व्यवस्थालाई अझ निष्पक्ष र तर्कशील बनाउनुपर्ने भन्दै चीनको पुनःउत्थानमा चाइना ड्रिमको लागि हितयुक्त बाह्य शर्त बनाएर शान्ति र विकासका लागि अझ ठूलो योगदान गर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु