फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङमा नेपालको नेवारी थाङ्का प्रदर्शनी सुरु

(GMT+08:00) 2016-10-19 16:51:23

नेवारी थाङ्का प्रदर्शन अठार तारिख पैचिङमा आयोजना भएको छ। पैचिङस्थित एउटा कला पार्कमा तीस वटाभन्दा बढी मूल्यवान् नेवारी थाङ्का प्रदर्शनीमा धेरैको ध्यान आकर्षित भएको छ। थाहा भएअनुसार, सो प्रदर्शनी अक्टोबर एकतीस तारिखसम्म चल्नेछ।

चीनको कलाकार संघका सदस्य लिउ चुङ च्युनका अनुसार, नेवारी थाङ्काको लामो इतिहास छ भने अरु विभिन्न खालका थाङ्काले नेवारी थाङ्काबाट सिकेको छ साथै नेवारी थाङ्काले अरु खालका थाङ्काबाट पनि सिकिरहेको छ। लिउ चुङ च्युनको विचारमा नेवारी थाङ्काले विशाल मात्राको मूल्यवान कलावस्तु सिर्जना गरेको छ साथै तिब्बती थाङ्काको जन्मको लागि निकै प्रबर्द्धन गरेको छ।

काठमाण्डौँ कीर्तिपुर विश्वविद्यालयको ललित कला विभागका गुरु मुकेशका अनुसार, नेपालको नेवारी कला हालको महत्वपूर्ण बौद्ध धर्मको सम्पदा हो। प्रतिभावान् नेवारी कलाकारले सातौँ आठौँ शताब्दीदेखि यता चीनसँग सम्बन्ध कायम राखिरहेकोले बौद्ध धर्म र बौद्ध धार्मिक कला चीरस्थायी बन्दै गइरहेको पनि उहाँको ठहर छ।

जानकारी तथा लेखहरु