फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको सबैभन्दा सानो निकुञ्जमा बाघको संख्या दोब्बर

(GMT+08:00) 2016-10-23 15:31:17

         बाघ संरक्षणका लागि स्थापना गरिएको देशकै सबैभन्दा कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जमा तीन वर्षमा बाघको संख्या दोब्बर भएको छ। सन 2013 मा गणना गर्दा 4 वटा बाघ भेटिएको सो निकुन्जमा सन 2016 मा 9 वटा वयस्क बाघ भेटिएको निकुञ्ज प्रशासनले जनाएको छ।

         बाँके राष्ट्रिय निकुञ्जमा बाघ र बाघको आहारा प्रजातिहरूको पछिल्लो अवस्था पत्ता लगाउनका लागि 2072 चैतको अन्तिम सातादेखि बाघको गणना सुरु गरिएको थियो।

        कारोबार अनलाईनका अनुसार बाँके निकुञ्जको मुख्य क्षेत्रलाई 2 र निकुञ्जसँग जोडिएको कम्दी करिडोर क्षेत्रलाई एक गरी तीनवटा प्लट बनाएर 68 वटा स्वचालित क्यामराहरू जडान गरेर बाघको गणना गरिएको थियो।

         बाघ ओहोर दोहर हुने बढी संभावना भएका घाँसे मैदान, खोला, गोरेटो, अग्नीपथ र पोखरी भएका क्षेत्रमा 15 दिनसम्म स्वचालित क्यामरा राखिएको थियो। 15 दिनमा बाघ आफ्नो बसोबास भएको सबै क्षेत्रमा कम्तीमा एक पटक पुग्छ भन्ने मान्यताका आधारमा एक स्थानमा आमने सामने पर्ने गरी दुई वटा क्यामरा राखिएको थियो।

         दुईतर्फ राखिएका ती दुई वटा स्वचालित क्यामराहरूले त्यस क्षेत्रमा वन्यजन्तुको गातिविध देख्नेबित्तिकै एकैसाथ दुई तर्फबाट तस्वीर खिच्न सक्ने व्यवस्था गरिएको थियो । त्यसरी खिचिएका तस्वीरबाट बाघको संख्या अलग्गै छुट्याइन्छ।

        बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्दै गएपछि संरक्षणमा क्रियाशील संरक्षणकर्मीहरू पनि उत्साहित भएका छन् । विश्वमै दुर्लभ मानिएको बंगाल टाइगर (पाटे बाघ) को संख्या नेपालमा सन् 2022 भित्रै दोब्बर हुने संकेत देखिएको छ।

जानकारी तथा लेखहरु