फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"संयुक्त साक्षीमा नान चिङ्ग विभत्स हत्या,1937"प्रदेशनी फ्रान्समा

(GMT+08:00) 2016-10-23 15:34:13

        "नान चिङ्ग नरसंहारका साक्षी,1937" विषयक ऐतिहासिक प्रमाणित प्रदर्शनी 22 तारिख फ्रान्सको कायनस्थित शान्ति स्मृति भवनमा आयोजना भएको छ। नान चिङ्ग नरसंहार सम्बन्धित फाइल संयुक्त राष्ट्र संघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोद्बारा विश्व स्मृति नामसूचीमा राखिएपछि पहिलो पटक युरोपमा यस्तो प्रदर्शनी आयोजना भएको हो। यस फाइलका केही सामग्री पहिलो पटक विदेशमा प्रदर्शन गरिएको हो।

        थाहा पाएअनुसार यस प्रदर्शनीले मुख्य गरी तत्काल नानचिङ्गमा बसेका युरोपेली तथा अमेरिकनका डायरी,चित्र,फाइल,फोटो तथा भिडियोहरु नान चिङ्ग विभत्स हत्याको इतिहासको साक्षी बनेका छन्। आठ सयभन्दा बढी वर्गमीटरको यस प्रदर्शनीमा जम्मा 270भन्दा बढी ऐतिहासिक फोटोहरु र लगभग 50 मालसामन तथा भिडियोको प्रदर्शनी गरिएको छ।

           फ्रान्सका लागि चिनियाँ राजदूत चाइ च्युनले इतिहास कहिल्यै पनि परिवर्तन नहुने भन्दै इतिहासदार२ कहिल्यै बिर्सन नहुने बताउनुभयो। उहाँले युद्धको क्रूरतालाई सम्झिएर शान्तिको मूल्य बुझ्न सकिने धारणा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु