फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लिबियाली सरकारी सेनाद्बारा "इस्लामिक स्टेट"बाट तेह्र जना विदेशी उद्धार

(GMT+08:00) 2016-10-23 15:34:39

          लिबियाको सरकारी सेनाले बाईस तारिख पश्चिमी शहर सिर्तेमा चरमपन्थी समूह "इस्लामिक स्टेट"सँग भीषण लडाइँ गरी तेह्र जना विदेशी बन्दीलाई रिहा गरेको छ।

          लिबियाको सरकारी प्रेस प्रवक्ताले बन्दीहरुमध्ये एघार जना एरिट्रिया जनता एक जना टर्की र एकजना इजिप्टका नागरिक रहेको जानकारि दिएका छन्।

          केहि वर्षदेखि आतंकबादी समूह र चरमपन्थी संगठनले लिबियाको अस्थिर परिस्थितिमा आफ्नो प्रभावलाई विस्तार गर्दै लगेका छन्। "इस्लामिक स्टेट"ले सिर्ते र डेर्ना क्षेत्रलाई कब्जा गरेको छ। यसै मे महिनादेखि लिबिया सरकारले "इस्लामिक स्टेट" विरोध सम्बन्धि सेनाको गठबन्धन तयार पारेको छ जसबाट सिर्ते क्षेत्रमा "इस्लामिक स्टेट"लाई ठूलो धक्का लागेको छ।

जानकारी तथा लेखहरु