फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इजिप्टको सर्वोच्च अदालतद्वारा पूर्वी राष्ट्रपतिलाई बीस वर्षको काराबास सजाय

(GMT+08:00) 2016-10-23 15:35:03

       इजिप्टको सर्वोच्च अदालतले पूर्व राष्ट्रपतिका सम्बन्धमा बाईस तारिखका दिन एउटा अन्तिम फैसला सुनाएको छ। इजिप्टका पूर्वी राष्ट्रपति महमेद मोर्सिद्बारा सन् 2012मा राष्ट्रपति भवन बाहिरको जुलुस प्रदर्शनीमा "जुलुस प्रदर्शकलाई अवैध रुपमा थुना तथा हिंसात्मक दमन" गरेको अभियोगमा बीस वर्षसम्मको कारावासको सजाय सुनाएको छ।

         सन् 2012 डिसेम्बरको चार तारिख दशौं हजार इजिप्ट नागरिकले राष्ट्रपति भवन बाहिर जुलुस प्रदर्शन गर्दै मोर्सीद्बारा जारी नयाँ संविधान फिर्ता लिनुपर्ने माग गर्नुका साथै नयाँ संविधानको मस्यौदालाई जनमत-संग्रहमा ‍लैजानुपर्ने माग गरेका थिए। त्यसपछी मोर्सिका समर्थकहरु र विरोधीहरुबीच ठूलो परिमाणमा भिडन्त भएको थियो त्यस क्रममा दश जनाको मृत्यु हुनुका साथै अरु सात सय भन्दा बढी घाइते भएका थिए।

जानकारी तथा लेखहरु