फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ दिल्लीमा चीन भारत मोबाइलफोन लगानी मञ्च

(GMT+08:00) 2016-10-24 14:21:42

अक्टोबर बाइसदेखि चौब्बीस तारिखसम्म भारतको पहिलो मोबाइलफोन प्रदर्शनी अर्थात् चीन-भारत मोबाइलफोन लगानी मञ्च तथा मोबाइल उद्योग शिखर सम्मेलन भारतको राजधानी नयाँ दिल्लीको प्रदर्शनी केन्द्रमा आयोजना भएको छ।

सो प्रदर्शनी एशियामा आयोजित मोबाइलफोन तथा त्यसको अतिरिक्त वस्तु सम्बन्धि पहिलो प्रदर्शनी हो। 130 वटा चिनियाँ तथा भारतीय मोबाइल उत्पादक तथा आपूर्तिकर्ता एवम् चीन तथा भारत सरकार र मोबाइल उद्योगका `एकसय जना उच्च प्रतिनिधिहरुको सहभागिता उक्त प्रदर्शनीमा भएको छ। 'सहयोग तथा नवीकरण' यस पटकको मोबाइल प्रदर्शनीको मुख्य विषय रहेको छ।

प्राप्त तथ्याङ्क अनुसार, चिनियाँ मोबाइलफोनले भारतीय बजारमा आफ्नो प्रभाव क्रमशः बढाउँदै आएको छ। चालू वर्षको जनवरीदेखि मार्च सम्ममा चिनियाँ मोबाइलफोनले भारतीय बजारमा 21प्रतिशत प्रभाव विस्तार गरेको थियो भने गएको नभेम्बरमा सो दर 32 प्रतिशत पुगेको जनाइएको छ।

जानकारी तथा लेखहरु