फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको बैदेशिक व्यापारमा सुधार

(GMT+08:00) 2016-10-24 14:22:46

चालू वर्षको शुरुदेखि, तिब्बत आयात निर्यात व्यापारको स्थिति राम्रो बन्दै आएको छ। चालू वर्षको तीन त्रैमासिक अवधिमा तिब्बतमा आयात निर्यात व्यापारमा संलग्न कूल रकम 3 अर्ब 87 करोड 10 लाख चिनियाँ युआन पुगेको छ। यो रकम गत वर्षको सोही अवधिको तुलनामा 7.49 प्रतिशतले घटेतापनि पाँच महिनासम्म लगातार बढ्दै आएको छ।

नेपाल, भारत, भुटान तथा म्यामार आदि मुलुकसँग जोडिएको तिब्बतको सिमा 4 हजार किलोमिटर लामो छ। केही वर्षयता, चीनमा पश्चिमी भागको ठूलो विकास रणनीति लागू हुँदै आएकोबाट लाभान्वित भएको तिब्बतमा यातायात नेटवर्क पनि विकसित हुँदै आएको छ र बैदेशिक व्यापार पनि लगातार बढ्दै आएको छ।

नेपालमा गएको विनाशकारी भूकम्पको प्रभावमा आधा वर्षसम्म बन्द भएको तिब्बतको केरुङ नाका सन् 2015 को अक्टोबरमा पुनः संचालनमा आएपछि नेपालसँगको व्यापार पनि राम्रो बन्दै‍ आएको छ। तिब्बत स्वायत्त प्रदेशको तेह्रौं पञ्च वर्षीय योजना वमोजिम, केरुङ नाकाको विकासलाई नै तिब्बतले 'एक पेटी एक मार्ग' भन्ने विकास रणनीतिको कार्यन्वयनमा राखेको छ र दक्षिण एशिया उन्मुख खुला हुने क्षेत्र स्थापना गरिने ठाँउ पनि केरुङ नाका बन्दै जानेछ।

जानकारी तथा लेखहरु