फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तीन बन्दरगाह प्रयोग गर्न दिन चीनलाई नेपालको प्रस्ताव

(GMT+08:00) 2016-10-24 14:57:58

नेपालले चीनसामू तेस्रो मुलुकसँग व्यापारका लागि तीन बन्दरगाह प्रयोग गर्न दिन प्रस्ताव गरेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई देशबीच व्यापार तथा पारवहन सम्झौता भएको थियो, जसले एक अर्को देशलाई तेस्रो देशसँग ब्यापारका लागि आफ्नो भूमि प्रयोग गर्न दिने उल्लेख छ।तर, सन्धि कार्यान्वयनमा आएको छैन। नेपालले कार्यान्वयनको मोडालिटीबारे छलफलका लागि संयुक्त बैठकको मिति प्रस्ताव गरेको अनलाइन खबरले लेखेको छ। बाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले सिन्हृवालाई बताएअनुसार नेपालले चीनसामू कात्तिक 21 देखि 23 मा बैठक बस्ने प्रस्ताव राखेको छ।

यो बैठकमा सन्धि अनुसार सीमा शुल्क, कार्गोको प्रकारदेखि अपरेशन मोडालिटीबारे छलफल हुनेछ। बाणिज्य मन्त्रालयका प्रवक्ता सैंजुका अनुसार नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि दुई देशको 4 देखि 5 वटा नाकाबाट ट्रान्जिट सुविधासहित चीनको 2 देखि 3 बन्दरगाह प्रयोग गर्न चाहेको छ।

उहाँले भन्नुभयो, 'हामीले चिनियाँ पक्षलाई पठाएको प्रस्तावमा कुन-कुन सीमा नाका र बन्दरगाहा भनेर उल्लेख गरेका छैनौं।' नेपालको तेस्रो मुलुकबाट हुने आयात निर्यात अहिले भारतमा निर्भर छ। बंगलादेशसँग परावहन सम्झौता भएपनि उपयोगहीन छ। तर, गत वर्ष असोजमा संविधान जारी भएपछि भारतले नाकाबन्दी लगाएपछि नेपालले चीनबाट तेस्रो मुलुकसँग व्यापार गर्न सम्झौता गरेको छ।

जानकारी तथा लेखहरु