फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अध्ययन गर्न विदेश गएका चार लाख चिनियाँ विद्यार्थी स्वेदश फिर्ता

(GMT+08:00) 2016-10-24 16:23:39

चीनको शिक्षा मन्त्रालयअन्तर्गत चिनियाँ प्राज्ञिक आदान-प्रदान केन्द्रले सार्वजनिक गरेको तथ्यांकअनुसार, सन् 2015 मा पाँच लाख बीस हजार चिनियाँ विद्यार्थी अध्ययन गर्न विदेश गएका थिए भने अध्ययन गर्न विदेश गएका चार लाख जना विद्यार्थी चीन फर्केका थिए। विदेशमा अध्ययन गरेर चीन फर्केका विद्यार्थीहरूको बृद्धिदरले विदेश गएका विद्यार्थीहरूको बृद्धि दर उछिनेको थियो।

अक्टोबर 23 तारिख "छुन व्है कप"नामक अध्ययन गर्न विदेश गएका विद्यार्थीहरूको स्वरोजगार प्रतियोगिताअन्तर्गत उत्तर अमेरिका क्षेत्र "टोरन्टो"परियोजनाको छलफल महोत्सव टोरन्टोका लागि चिनियाँ महा वाणिज्य दूतावासमा आयोजना भएको छ।

यो महोत्सवमा सहभागी हुन टोरन्टो गएका चीनको शिक्षा मन्त्रालयअन्तर्गत चिनियाँ प्राज्ञिक आदान-प्रदान केन्द्रका प्रमुख सुन चेन मिङले पत्रकारसँग अन्तर्वार्ता दिँदै अध्ययन गर्न विदेश जानुको प्रवाह जारी रहेको तर स्वदेश फर्केका व्यक्तिहरुको संख्यामा पनि बृद्धि भएको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु