फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिणी चीन सागरमा जथाभावी कारवाही चलाउन अमेरिकालाई चीनले छूट दिएको छैनः जनदैनिक

(GMT+08:00) 2016-10-24 13:15:21

चीनको "जन दैनिक अखवार"ले अक्टोबर 23 तारिख "चीनले अमेरिकालाई दक्षिणी चीन सागरमा जथाभावी कारवाही चलाउन छूट नदिएको" शीर्षकको लेख प्रकाशित गरेको छ। उक्त लेखअनुसार, अक्टोबर 21 तारिख अमेरिकी नौ सेनाको "डिकाटुर" जंगी जहाजले चीनको सी शा प्रादेशिक समुद्रमा स्वतःप्रवेश गरेको छ। चीन सरकारले अमेरिकाको यो कर्तुतको दृढताका साथ विरोध गरेको र श्रृंखलाबद्ध सशक्त कदमहरू चाल्ने छ।

उक्त लेखले जनाएअनुसार, फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले चीनको भ्रमण गर्नुभएको, चीन र फिलिपिन्सबीचको सम्बन्ध पुनःसुध्रिएको र दुई पक्षले सहयोगात्मक सम्झौता पत्रहरूमा हस्ताक्षर गरेका बेलामा अमेरिकाको यो पटकको तथाकथित गस्ती कारवाही चलाइएको हो।

अन्त्यमा उक्त लेखमा दक्षिणी चीन सागरको शान्ति तथा स्थिरता समस्यामा चीनले अमेरिकालाई जथाभावी कारवाही चलाउन छूट नदिएको कुरा बताएको छ।

जानकारी तथा लेखहरु