फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा निर्मित पाकिस्तानीकै ठूलो जल विद्युत परियोजना संचालनमा

(GMT+08:00) 2016-10-24 16:26:35

पाकिस्तानी नेल्लुम-जेलुम जल विद्युत परियोजनाको सुरुङ टी.बी.एम.697 भागको सुरुङको संचालन समारोह अक्टोबर 23 तारिख पाकिस्तानी नियन्त्रित काश्मिर क्षेत्रस्थित उक्त परियोजनाको आधार क्षेत्रमा भव्य रुपमा आयोजना भएको छ। यो सुरुङ औपचारिक रुपमा संचालन भएको कुरा उक्त जल विद्युत परियोजनाले ठूलो प्रगति हासिल गरेको द्योतक भएको छ।

उक्त परियोजना पाकिस्तानी सबैभन्दा ठूलो जल विद्युत परियोजना हो। चीनको क चौ बा समूह र चीनको मेशिनरी प्रबन्ध आयात-निर्यात कम्पनीद्वारा संयुक्त रुपमा जिम्मा लिइएको र क चौ बा समूहअन्तर्गत तेस्रो इन्जिनियरिङ कम्पनीद्वारा लागू गरिएको छ। यो परियोजना सन् 2008 जनवरी 30 तारिख निर्माण शुरु भएको थियो।

पाकिस्तानी जल विद्युतको विकास महा कार्यालयका अध्यक्ष मुजाम्मिल हुस्सेनले उक्त समारोहमा सम्बोधन गर्दै उक्त परियोजना पाकिस्तान सरकारले ऊर्जा श्रोत संकटको समाधान गर्नका लागि प्राथमिकता साथ निर्माण गरेको परियोजना भएको कुरा बताउनुभयो।

क चौ बा समूहअन्तर्गत तेस्रो इन्जिनियरिङ कम्पनीका महाप्रबन्धक तङ यिन छीले उक्त परियोजनामा सहभागी व्यक्तिहरुले उक्त परियोजनालाई जोडतोडताका साथ अगाडि बढाउने, विद्युत उत्पादन गर्ने लक्ष्यलाई छिटो रुपमा साकार तुल्याउने कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु