फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङमा नेपालीहरुद्वारा तिहार उत्सव

(GMT+08:00) 2016-10-03 16:21:31

 पैचिङमा बसोबास गर्ने नेपालीहरुले सो उत्सवको आयोजना गरेका हुन्। समारोहमा एक सय एघारजना नेपालीहरु सहभागी भएका थिए। नेपालीहरुले तिहारमा खाने सेलरोटी, आलुको तरकारी, विभिन्न अचारहरु, मासुका परिकार लगायतका खानेकुरा खाँदै नाचगान गरेका थिए। देउसी र भैलो कार्यक्रमसँगै तिहारमा खेलिने विभिन्न मनोरन्जनात्मक खेलहरुको पनि आयोजना भएको थियो। नेपाली र चिनियाँ तिब्बतीको संयुक्त लगानीमा खुलेको नमस्ते रेष्टुरेन्टका तिब्बती कामदारहरु नेपाली पोशाकमा सजिएका थिए। कार्यक्रममा तिब्बती कलाकारले पनि साङ्गितिक प्रस्तुति गरेका थिए।


जानकारी तथा लेखहरु