फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

13 औं दक्षिण एसियाली खेलकुद सन् 2019 मा नेपालमा हुने

(GMT+08:00) 2016-12-04 14:24:17
         दक्षिण एसिया ओलम्पिक काउन्सिलको बैठकले शनिबार नेपालमा आयोजना हुने 13 औं दक्षिण एसियाली खेलकुद (साग) एक वर्ष ढिलो गरी सन् 2019 मा सञ्चालन गर्ने निर्णय गरेको छ। नेपाल ओलम्पिक कमिटी (एनओसी) को सातदोबाटोस्थित कार्यालयमा सम्पन्न बैठकले 13 औं साग 2019 मार्च 9 देखि 18 सम्म आयोजना गर्ने निर्णय गरेको हो। यसअघि गत वर्ष 12 औं सागका बेला भएको बैठकले 13 औं संस्करण सन् 2018 मा सञ्चालन गर्ने निर्णय गरेको थियो।

          भुटानबाहेक दक्षिण एसियाली देशहरूले दुई–दुई वर्षमा पालैपालो आयोजना गर्ने गरी क्षेत्रीय खेलकुदको कुम्भ सन् 1984 मा काठमाडौंबाट सुरु भएको थियो। काठमाडौंमा दोस्रोपल्ट 1999 मा भएको थियो र पालो पद्धतिअनुसार नै नेपाललाई 13 औं सागको आयोजक घोषणा गरिएको थियो। तर, वैशाख, 2073 को महाभूकम्पयता तयार नभएको भन्दै श्रीलंकाले पनि 13 औं साग आयोजना गर्ने माग गर्दै आएको थियो। तर, श्रीलंकाली प्रतिनिधिले बुधबारको बैठकमा त्यसलाई मुद्दाका रूपमा अघि सारेनन्।

          यसैबीच युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले 13 औं सागको आयोजना सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ।

          यस्तै दक्षिण एसिया ओलम्पिक काउन्सिलको मुख्यालय स्थायी रूपमा नेपालमा राख्ने निर्णय पनि बैठकले गर्‍यो। यसअघि नै विधानमा व्यवस्था भए पनि काउन्सिलको मुख्यालय स्थापना भएको थिएन।

जानकारी तथा लेखहरु