फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

थाइवान नेत्रीसँग टेलिफोन कुराकानी गर्दैमा अमेरिकी राष्ट्रपति ट्रम्पले एक चीन नीतिलाई बदल्न नसक्ने चिनियाँ परराष्ट्रमन्त्रीको स्पष्टोक्ति

(GMT+08:00) 2016-12-04 14:33:27
        यही दुई तारिख अमेरिकी नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र थाईवान क्षेत्रकी नेत्री छाइ यीङ वङबीच टेलिफोन वार्ता भएको थियो। यसबारे प्रतिक्रिया दिँदै चीनका परराष्ट्र मन्त्री वाङ यीले यो थाइवान क्षेत्रको एउटा सानो कारवाहि भएकोले अन्तर्राष्ट्रिय समाजद्बारा अनुमोदित "एक चीन"लाई परिवर्तन गर्न नसक्ने स्पष्ट पार्नुभएको छ।

         परराष्ट्र मन्त्री वाङले यो व्यवहारबाट धेरै वर्षदेखि अमेरिकी सरकारले कायम राख्दै आएको एक चीनको नीतिलाई परिवर्तन गर्न सक्दैन भन्नुभयो। उहाँले एक चीनको नीति चीन र अमेरिकाबीचको सम्बन्धलाई स्वस्थ रुपमा विकास गर्ने आधार भएकाले यो राजनीतिक आधारलाई कसैले हस्तक्षेप वा ध्वस्त गर्न नहुने बताउनुभयो।

          सन् 2016 अन्तर्राष्ट्रिय परिस्थिति र चीनको परराष्ट्र नीति गोष्ठीमा सहभागी भएपछि परराष्ट्रमन्त्री वाङ्ग यीले यस्तो धारणा व्यक्त गर्नुभएको हो।

जानकारी तथा लेखहरु