फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

थाइवान नेत्रीसँग अमेरिकी राष्ट्रपति ट्रम्पको टेलिफोन कुराकानीप्रति चिनियाँ परराष्ट्र प्रवक्ताको चिन्ता

(GMT+08:00) 2016-12-04 14:33:53

        अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइवानी नेत्री छाइ यीङ वङसँग टेलिफोन वार्ता गरेकोप्रति चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले सम्बन्धित समाचारप्रति चिन्ता व्यक्त गर्दै अमेरिकाको सम्बन्धित विभागप्रति गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।

        उहाँले विश्व एक चीन नीतिमा अडिग रहेको र थाइवान चीनको भू-भाग भएकाले जन गणतन्त्र चीनको सरकार नै वैधानिक सरकार भएको अन्तर्राष्ट्रिय समाजद्बारा स्वीकृत वास्तविकता भएको दोहोर्‍याउनुभयो।

          उहाँले एक चीनको नीति चीन र अमेरिकाबीचको सम्बन्धको आधार भएकाले एक चीनको नीति र चीन-अमेरिका तीन वटा संयुक्त विज्ञप्तिको सिद्धान्तलाई पालना गर्न पनि अमेरिकालाई आग्रह गर्नुभयो। उहाँले चीन र अमेरिका बीचको सम्बन्धमा नोक्सानी पुग्नबाट जोगाउन अमेरिकाले थाइवान सम्बन्धि समस्यालाई सतर्कताका साथ समाधान गर्न पनि आग्रह गर्नुभयो।

जानकारी तथा लेखहरु