फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

धुलिखेलमा हिमालयन ट्राभल मार्ट सुरु

(GMT+08:00) 2016-12-05 16:03:14

हिमाली क्षेत्र र नेपालको पर्यटन उद्योग प्रवद्र्धन गर्ने उद्देश्यले प्यासिफिक एसिया ट्राभल एसोसिएसन अफ नेपाल (पाटा) ले हिजो आइतबार धुलिखेलमा हिमालयन ट्राभल मार्ट 2017 को शुभारम्भ गरेको कान्तिपुर अनलाइनले लेखेको छ।

धुलिखेलस्थित हिमालयन होराइजन होटलमा पर्यटन सचिव शंकरप्रसाद अधिकारी र पाटा इन्टरनेसनलका अध्यक्ष एन्ड्रयु जोनेसले मार्टको शुभारम्भ गर्नुभयो। 2017 जून 1 देखि राष्ट्रिय पर्वका रूपमा नेपालमा आयोजना हुने उक्त मार्टको आइतबार सचिव अधिकारी र पाटा इन्टरनेसनल अध्यक्ष जोनेसले मार्टको प्रतीक चिह्न पनि सार्वजनिक गर्नुभयो।

पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेका अनुसार, उक्त मार्टमा हिमाली भेगको पर्यटन प्रवद्र्धन गर्ने एक सय जना टुर विक्रेता तथा क्रेता सहभागी रहनेछन्। अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधि गरी 2 सय जनाले मार्टमा भाग लिनेछन्। राजधानीस्थित सोल्टी होटलमा अन्तर्राष्ट्रिय ब्लगर तथा मिडिया तथा हिमालयन मार्ट सम्मेलन एकसाथ हुने घोषणा गरिएको छ। भूकम्प र नाकाबन्दीपछि सुस्ताएको पर्यटन बजारलाई उकास्ने यसको लक्ष्य रहेको छ।

अध्यक्ष पाण्डेले पर्यटन प्रवद्र्धनका लागि हुन लागेको यो ब्लगर सम्मेलन पहिलो पटक भएको बताउनुभयो। आइतबार उक्त ब्लगर सम्मेलनको नेतृत्व गर्ने मार्ट गिब्सन पनि धुलिखेल आइपुगेका थिए। नेपालमा रहेका एयरलाइन्स, टुरअपरेटर, पर्यटन बोर्डलगायत सम्मिलित कार्यक्रम भएको हो।

जानकारी तथा लेखहरु