फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गरिबि निवारणमा चीनको उपलब्धिको उच्च मूल्याङ्कन

(GMT+08:00) 2016-12-05 16:06:06
'विकास अधिकार घोषणा-पत्र' पारित भएको तीसौं वार्षिकोत्सवका लागि एक अन्तर्राष्ट्रिय गोष्ठी डिसेम्बर चार तारिख पैचिङमा शुरु भएको छ। गोष्ठीमा सहभागी विदेशी तथा चिनियाँ विशेषज्ञहरुले गरिबी निवारण क्षेत्रमा चीनले हासिल गरेको उपलब्धिको सकारात्मक मूल्याङ्कन गरेका छन्।

संयुक्त राष्ट्र संघ मानव अधिकार परिषद अन्तर्गत विकास अधिकार कार्यटोलीका अध्यक्ष जमिर अक्रमले तीस वर्षको छोटो समयमा सत्तरी करोड व्यक्तिलाई गरिबीबाट मुक्त गराइएको चीनको उपलब्धि निकै ठूलो भएको विचार व्यक्त गर्नुभयो। स्वदेशी तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नै विकास अधिकारलाई साकार तुल्याउने जिम्मा सबै मुलुकहरुको काँधमा रहेको ठहर व्यक्त गर्दै अध्यक्ष जमिरले अन्तर्राष्ट्रिय समाजमा हुने सहयोगमार्फत विभिन्न मुलुकको गरिबी निवारण गराएर सम्पूर्ण विश्वमा गरिबी निवारणलाई व्यवहारमा उतार्न सकिने कुरा व्यक्त गर्नुभयो।

होल्याण्ड मानव अधिकार अनुसन्धानालयका प्रमुख टोम ज्वार्टले चीनले गरिबी निवारण क्षेत्रमा हासिल गरेको भव्य उपलब्धि मानव जातिको इतिहासमा प्राप्त गरेको सबभन्दा ठूलो मानवअधिकार उपलब्धि मान्नुपर्ने औंल्याउनुभयो। टोमले मानव अधिकार क्षेत्रमा चीनको विकास आर्थिक क्षेत्रमा मात्र होइन यी नै मानवजाति आधारित विकास हुन् भन्ने पुष्टि गर्नु भएको छ।

जानकारी तथा लेखहरु