फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इटेलीमा संविधान संशोधनसम्बन्धी जनमत संग्रह विफल

(GMT+08:00) 2016-12-05 16:07:43

इटेलीले डिसेम्बर 4 तारिख संविधान संशोधनसम्बन्धी जनमत संग्रह गरेको छ। 5 तारिख विहान प्रकिशत प्रारम्भिक तथ्याड्क अनुसार, विपक्ष मतदानको तुलनामा पक्षमा मतदान 20 प्रतिशत कम भएको छ। त्यसपछि प्रधानमन्त्री माट्टेओ रेन्जीले राजीनामा दिने घोगणा गर्नुभएको छ।

 प्रधानमन्त्री रेन्जीले 5 तारिख विहान आयोजित पत्रकार सम्मेलनमा जनमत संग्रह विफल भएको पुष्टि गर्नुभएको छ। उहाँका अनुसार, राष्ट्रपतिसमक्ष राजीनामा पत्र पेश गर्नुहुने बताइएको छ।

रेनजी सरकारको संविधान संशोधनमा मुख्य उद्देश्य संसदको अधिकारलाई कम पार्ने र क्षेत्रीय सरकारको केही अधिकारलाई केन्द्रीय सरकारमा हस्तान्तरण गर्ने लगायत राजनीतिक सुधार रहेका थिए। तर सरकारलाई धेरै अधिकार दिएमा अधिकारको संतुलन बिग्रने विपक्षीले बताउँदै आएका थिए।

 

जानकारी तथा लेखहरु