फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानी हबिब बैंकले उरुमुछीमा शाखा संचालन गर्ने

(GMT+08:00) 2016-12-05 16:09:49
चीनको सिनच्याङ युगुर स्वायत्त प्रदेशीय बैंक अनुगमन व्यूरोको अनुमोदनपछि पाकिस्तानी हबिब बैंकको उरुमुछी शाखा संचालन हुने भएको छ। यो चीनमा खोलिएको पहिलो पाकिस्तानी बैंकको शाखा हो। यस बैंकको मुख्य कार्य चीन-पाकिस्तान आर्थिक करिडोर निर्माणका लागि चौतर्फी मौद्रिक समर्थन दिनु रहेको छ।

पाकिस्तानी बैंकको उरुमुछी शाखाको संचालन पूँजी 22 करोड 90 लाख चिनियाँ युआन बराबर रहने छ र सोही बराबर स्वतन्त्र साटासाट मुद्रा रहनेछ। सर्वसाधारणको सञ्चय रकम जुटाउने, ऋण दिने, एलसी प्रदान सेवा लगायत विदेशी मुद्रा व्यापार यस शाखाको दैनिक संचालनमा समावेश गराइएको छ।

पाकिस्तानमा सबभन्दा ठूलो हबिब बैंकको अन्तर्राष्ट्रिय बैकिङ्ग विभाग अन्तर्गत एशिया तथा अफ्रिका क्षेत्रका प्रबन्धक अबिद सत्तरले एक पेटी एक मार्ग रणनीतिमा महत्वपूर्ण ठाँउ ओगटेको सिनच्याङ क्षेत्रमा आफ्नो बैंकको शाखा खडा गरिएको कारण पाकिस्तानको पूर्वाधार निर्माण तथा विजुली क्षेत्रमा चिनियाँ व्यवसायहरुको प्रवेशको लागि अझ बढी समर्थन दिनु रहेको औँल्याउनु भएको छ।

जानकारी तथा लेखहरु