फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतक उत्तरी भेगको नाग्छुमा 5.1 रेक्टर स्केलको भूकम्प

(GMT+08:00) 2016-12-05 16:27:16
डिसेम्बर पाँच तारिख विहान पाँच बजेर चौंतीस मिनेट जाँदा तिब्बतको नाग्छु क्षेत्रको नेरोङ जिल्लामा 5.1 रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्पको केन्द्र पाँच किलोमिटर गहिरो रहेको छ। हालसम्म स्थानीय बासिन्दाहरुको दैनिक जीवन तथा उत्पादन सामान्य रहेको र जनधन क्षति भएको समाचार प्राप्त भएको छैन।

नाग्छु नेरोङ जिल्लाका प्रमुख ड्राम्दोलले हाल सम्पूर्ण जिल्लामा घरमा क्षति पुगेको अथवा जनधन तथा पशु मारिएको जानकारी नभएको बताउनु भएको छ।

तिब्बतको उत्तरी भागमा पर्ने नेरोङ जिल्लाको औसत उचाइ 4 हजार 7 सय मिटर छ। यो भूकम्प बारम्बार देखा पर्ने क्षेत्र पनि हो। यो जिल्लाको जनसंख्या 20 हजारको हाराहारीमा छ।

जानकारी तथा लेखहरु