फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

'विकास अधिकार घोषणा-पत्र' सम्बन्धी पैचिङ प्रस्ताव

(GMT+08:00) 2016-12-05 18:42:01

 'विकास अधिकार घोषणा-पत्र' पारित भएको तीसौं वार्षिकोत्सवका अवसरमा एक अन्तर्राष्ट्रिय गोष्ठी डिसेम्बर चारदेखि पाँच तारिखसम्म पैचिङमा आयोजित भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सो गोष्ठीलाई बधाइ पत्र पठाउनुभएको छ। साथै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोका सदस्य, केन्द्रीय समितिको सचिवालयका सचिव एवम् केन्द्रीय समिति प्रचारप्रसार विभागका प्रमुख लिउ छिपाउले उक्त गोष्ठीमा सम्बोधन गर्नुभएको छ। चीनको राज्य परिषद अन्तर्गत प्रेस कार्यालय तथा परराष्ट्र मन्त्रालयको संयुक्त सओयोजनमा आयोजित उक्त गोष्ठीमा विश्वका चालीस वटा मुलुक, क्षेत्र तथा अन्तर्राष्ट्रिय संगठनका एक सय पचास जना प्रतिनिधिले भाग लिई सक्रियताका साथ छलफल गरेका छन्।

सो गोष्ठीमा सहभागीहरुले 'विकासको संयुक्त प्रयोग- विभिन्न मुलुका जनताको हित-कल्याण बढाऔँ' भन्ने विषयलाई केन्द्रित गरी विकास सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका छन्। ती प्रस्ताव यस प्रकार छनः

विकास नै मानवजातिको समाजको अनन्तको विषय हो। विकास सम्बन्धी अधिकार एक किसिमको सामान्य तर अपरिहार्य मानवअधिकार हो। वर्तमान अवस्थामा मानवजातिको समाजको विकास संक्रमणकालीन महत्वपूर्ण घडीमा परिरहेकोले विभिन्न मुलुकका जनताको विकास अधिकारलाई पूर्ण रुपमा प्रत्याभूति दिई विकासको अझ उच्चस्तरमा पुर्‍याउने कार्यको बाटो लामो हुन्छ।

विकास अधिकार एक किसिमको मिलिजुली आधारभूत मानवअधिकार हो। अन्तर्राष्ट्रिय समाजले आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय अधिकारको प्रवर्द्धन तथा संरक्षणलाई नागरिक तथा राजनीतिक अधिकारको जस्तै महत्व दिनुपर्छ।

विकास अधिकार व्यक्तिगत तथा सामूहिक अधिकार हो। विभिन्न मुलुकका सरकारले सम्पूर्ण जनता तथा सबै व्यक्तिहरुको विकास पूर्वाधारलाई निरन्तर सुधार गर्नुपर्छ।

दिगो विकास विकास अधिकारको आवश्यक भाग हो। देश होस वा समाज वा व्यक्तिहरुले दिगो विकास कार्यभारलाई वहन गर्नुपर्छ। विभिन्न मुलुकले दिगो विकासको तवरले पृथ्वीको प्राकृतिक श्रोतको उपभोग्य, उत्पादन, बैज्ञानिक व्यवस्थापन गर्नुपर्छ।

विकास अधिकार विभिन्न मुलुकका जनताको हो। विभिन्न मुलुकले विकासको प्रत्याभूति दिनु तथा विकासमा देखा पर्ने बाधालाई हटाउनु भन्ने क्षेत्रमा आपसी सहयोग गर्नुपर्छ।

जानकारी तथा लेखहरु