फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वाङ तुङ-तिब्बत-मध्य तथा दक्षिण एशिया मालवाहक रेल ल्हासा पुग्यो

(GMT+08:00) 2016-12-05 19:00:09
डिसेम्बर पाँच तारिख क्वाङ तुङ-तिब्बत-मध्य तथा दक्षिण एशिया रेल सेवाको पहिलो मालबाहक रेल ल्हासा स्टेशन पुगेको छ। रेलस्टेशनमा आयोजित स्वागत समारोहमा ल्हासाका लागि नेपाली महावाणिज्यदूत गोविन्द बहादुर कार्कीले भाग लिनुभएको छ। संचालनमा आएको यस रेल सेवाबाट चीन-नेपाल आर्थिक विकासलाई प्रवर्द्धन पारिने विश्वास पनि महावाणिज्यदूत कार्कीले व्यक्त गर्नुभएको छ।

तिब्बत वाणिज्य विभागबाट प्राप्त जानकारी अनुसार, सो मालबाहक रेल सेवाको पहिलो रेलले बोकेको सामान क्वाङ चौ ता लाङबाट प्रस्थान भई सिगाचेसम्म पुर्‍याइने छ। त्यसपछि राजमार्गमार्फत केरुङ नाका हुँदै नेपालको राजधानी काठमाडौंसम्म पुर्‍याइने छ। ती सामानमा लुगाफाटा, फर्निचर, विद्युतीय लगायतका सामग्रीहरु समावेश गरिएको छ र ती सामानको मूल्य एक करोड नब्बे लाख चिनियाँ युआन बराबर रहेको छ।

जानकारी तथा लेखहरु