फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले अगाडि सारेको एक पेटी एक मार्ग अवधारणाबाट नेपालले लाभ प्राप्त गर्ने चिनियाँ नेता लिउ छिपावोको भनाइ

(GMT+08:00) 2016-12-19 14:49:21

तिनदिने नेपाल भ्रमणमा रहनु भएका चिनियाँ कम्युनिस्ट पार्टीका प्रचार बिभाग प्रमुख लिउ छिपाओले नेपालका राष्ट्रपति बिद्यादेवी भण्डारी र उपप्रधानमन्त्री कृष्ण बहादुर महरासँग अलग-अलग भेट गरी द्विपक्षिय संबन्ध र हितबारे कुराकानी गर्नु भएको अन्नपूर्ण पोष्टले लेखेको छ।

भेटमा सहभागि अधिकारीका अनुशार राष्ट्रपति भण्डारीसँगको भेटमा चिनियाँ नेता लिउले चीनले अघि बढाएको वान बेल्ट वान रोड अवधारणाबाट नेपाल लगायत छिमेकी मुलुकहरु र विश्वले नै लाभ लिन सकोस् भन्ने चीनको अपेक्षा रहेको बताउनुभयो।

सन् 2013 मा चिनियाँ राष्ट्रपतिले अघि सार्नु भएको उक्त अवधारणमा नेपालले प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेपनि कार्यान्वयन गर्नेगरी समझदारी पत्रमा भने हस्ताक्षर गरेको छैन। यसका लागि चीनले नेपाललाई आग्रह गर्दै आएको छ। उहाँले नेपाल र चीनबीचको संबन्धलाई चीनले उच्च महत्व दिएको बताउनुभयो।

राष्ट्रपति भण्डारीले चीन नेपालको पुरानो र निकट छिमेकी मुलुक रहेको बताउनुभयो। भेटमा सहभागी अधिकारीहरुका अनुशार पूववर्ती सरकारका पालामा भएका पारवहन लगायत सम्झौताहरुको कार्यान्वयनमा नेपाल प्रतिबद्द रहेको राष्ट्रपतिले बताउनुभयो। चीनले अघि बढाएको वान बेल्ट वान रोड अवधारणाबाट नेपालले लाभ लिन चाहेको भण्डारीले उल्लेख गर्नुभयो।

नेपालको पुर्ननिर्माण तथा विकासमा चीनको सहयोगको उहाँले प्रशंशा गर्नुभयो। चिनियाँ क्रान्तिका नायक माओत्से तुङ्, तङ् सियाओ फिङ् लगायतले गरेको अथक प्रयासबाट चीनले गरेको प्रगतिबाट नेपालले लाभ लिन चाहेको भण्डारीले बताउनुभयो।

राष्ट्रपतिका बिदेश मामिला सल्लाहकार डा. मदन कुमार भट्टराईले नेपाल चीन संबन्ध सुदृढ गर्नेबारे कुराकानी केन्द्रित रहेको बताउनुभयो। 'चीन र नेपालबीचको संबन्ध सदैव मैत्रीपूर्ण रहेको र आगामी दिनमा विस्तार हुने अपेक्षा राष्ट्रपतिको थियो' भट्टराईले भन्नुभयो।

चिनियाँ नेता लिउले आज सोमबार अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र कांग्रेस सभापति शेर बहादुर देउवासँग अलग—अलग भेटवार्ता गर्दै हुनुहुन्छ। पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन भएयता उत्तरी छिमेकी चीनबाट नेपाल भ्रमणमा आउने लिउ नै उच्च अधिकारी हुनुहुन्छ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको निमन्त्रणामा लिउ नेपाल आउनु भएको हो। मन्त्री महराले आइतबारै चिनियाँ नेता लिउ र उहाँको टोलीको सम्मानमा रात्रीभोज दिनुभयो। आइतबार मध्यान्ह चार्टड फ्लाइटबाट काठमाडौ उत्रेका चिनियाँ नेतालाई त्रिभुवन विमास्थलको अति विशिष्ट कक्षमा परराष्ट्र मन्त्रालयका चीन महाशाखा प्रमुख गणेश ढकालले स्वागत गर्नुभएको थियो। नेपाल सरकारले भ्रमणमा उहाँलाई उपप्रधानमन्त्री सरहको कुटनीतिक व्यवहार गरेको छ। उहाँलाई चीनमा 'प्रोपागान्डा बिभाग प्रमुख' भनेर बढी चिनिन्छ। उनलाई चीनमा उपप्रधानमन्त्री सरह मानिन्छ।

http://www.annapurnapost.com/news/60940

जानकारी तथा लेखहरु