फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बत जोड्ने 14 करिडोरको निर्माण कार्य अघि बढ्दै

(GMT+08:00) 2016-12-27 15:31:51

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तिब्बत जोड्ने 14 करिडोरको निर्माण कार्य अघि बढाएको छ। सरकारले तिब्बती नाकासम्म सम्बन्ध विस्तारका साथै पर्यटन, कृषि र औद्योगिक क्षेत्रको विकासका लागि करिडोरको निर्माण अघि बढाएको हो। तमोर करिडोरले धनकुटा (मूलघाट)–लुम्बुघाट–ताप्लेजुङ (माझीटार)–दोभान–ओलाङचुङगोला हुँदै तिप्तला (तिब्बत सिमाना) नाका जोड्नेछ। तमोर कडिडोरको लम्बाइ 2 सय 65 किलोमिटर छ।

कोसी करिडोर विराटनगर (रानी)–इटहरी–धनकुटा–लेगुवाघाट–खाँदबारी हुँदै किमाथांकासम्म जोडिनेछ। यसको लम्बाइ 3 सय 10 किलोमिटर छ। रानी विराटनगर–इटहरी 26 किलोमिटर विस्तार भइरहेको छ ।

कालीगण्डकी करिडोरलाई चौडा गर्ने काममा तीव्रता दिइएको उत्तर–दक्षिण लोकमार्ग प्रमुख गोपालप्रसाद सिग्देलले बताउनुभयो। उहाँका अनुसार गैंडाकोट–रिडी–रुद्रबेनी–पुर्तिघाट–बाग्लुङ–बेनी–जोमसोम हुँदै कोरला नाकासम्म जोडिनेछ। त्यसको लम्बाइ 4 सय 35 किलोमिटर छ। पालुङखोला–मालढुंगा 26 किलोमिटर सडक नेपाली सेनाले चौडा पारिरहेको छ।

भेरी करिडोर जाजरकोट–दुनै–मरिम–तिन्जे धो भएर तिब्बत जोडिनेछ। यसको लम्बाइ 1 सय 90 किलोमिटर छ ।

बाँकी करिडोर निर्माणका लागि 30 करोड रुपैयाँ विनियोजन गरेको छ । करिडोर निर्माणसँगै यस क्षेत्रमा विकासको ढोका खोल्न सकिने विभागले जनाएको छ । ठोरी–भण्डारा–मलेखु–गल्छी–त्रिशूली–बेत्रावती–स्याफ्रुबेंसी–रसुवागढी 1 सय 88 किलोमिटर सडकको निर्माण कार्य अघि बढेको छ । त्यसमध्ये ठोरी–भण्डारा–मलेखु 86 किलोमिटरमध्येको 42 किलोमिटर निकुञ्जका कारण निर्माण बाँकी छ ।

गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ 48 किलोमिटर सडकलाई दुई वर्षभित्र दुई लेन निर्माण गर्ने लक्ष्यका साथ विभागले ठेक्का आह्वान गरिसकेको छ।

भिट्टामोड–ढल्केबार–सिन्धुली–मन्थली–दोलखा–लामाबगर–लाप्चा सडकअन्तर्गत लामाबगरसम्म यातायात सञ्चालनमा छ ।

वीरगन्ज–हेटौंडा–नारायणघाट–मुग्लिन–काठमाडौं–धुलिखेल–दोलालघाट–बाह्रबिसे–कोदारीसम्म 3 सय 90 किलोमिटर छ।

सेती लोकमार्गअन्तर्गतको टीकापुर–लोडे–चैनपुर–ताक्लाकोट 2 सय 98 किलोमिटर निर्माण गरिनेछ। महाकाली करिडोर खण्डको ब्रहमदेव–झुलाघाट–दार्चुला–टिंकर खण्डको 4 सय 20 किलोमिटर ट्रयाक खोल्ने काम अघि बढेको छ । गोरखाको नल्याङ भन्ज्याङ–छेकम्पार–चुम्चेत–सिर्दिवास, गुम्दा खण्डको 1 सय 20 करिब 19 किलोमिटर ट्रयाक खुलिसकेको छ । दोलखाको जिरी–सल्लेरी–ढिंग्री तिब्बत सीमासम्म करिब 88 किलोमिटर छ। मुगु–तिब्बती सीमा न्याक्चेलाग्नासम्म करिब 85 किलोमिटर लम्बाइ छ। 1 सय 5 किलोमिटर लम्बाइको हुम्ला–सिमकोट–लिमी–लाप्चा सडकमा 82 किलोमिटर ट्रयाक खुलिसकेको छ। कर्णाली करिडोरमा करिब 2 सय 85 किलोमिटर ट्रयाक खोल्ने काम भइरहेको छ।

यसैबीच लामो गृहकार्यपछि उत्तरी छिमेक चीनको तिब्बतसँग ताप्लेजुङको ओलाङचुङगोला गाविसको बस्ती सडक सञ्जालले जोडिने भएको कान्तिपुरले लेखेको छ।

जानकारी तथा लेखहरु