फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री लीद्वारा चीनमा काम गर्ने केही विदेशी विशेषज्ञहरूसँग छलफल

(GMT+08:00) 2017-01-21 14:34:51

चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले जनवरी बीस तारिख दिउँसो जन वृहत सभा भवनमा चीनमा काम गर्ने केही विदेशी विशेषज्ञहरूसँग छलफल गर्नुभएको छ।

लीले चीन सरकारको तर्फबाट चीनमा काम गर्ने सबै विदेशी विशेषज्ञहरू, चीनको आधुनिकीकरण निर्माणको समर्थन दिएका अन्तर्राष्ट्रिय मित्रहरूलाई बसन्त चाडको शुभकामना र हार्दिक अभिवादन दिनुभएको छ।

उहाँले विगत एक वर्षमा चीनको अर्थतन्त्रमा 6.7 प्रतिशतले बृद्धि भएको, चीनको आर्थिक बृद्धि गति मुख्य आर्थिक समूहहरूमध्ये अग्रस्थानमा रहेको, चीनले विश्वको आर्थिक बृद्धिका लागि दिएको योगदान दर 30 प्रतिशतभन्दा बढी पुगेको कुरा बताउनुभयो। साथै उहाँले नयाँ वर्षमा चीनको अर्थतन्त्रले विकासको राम्रो प्रवृत्तिलाई निरन्तर रुपमा कायम राख्ने कुरामा विश्वास लिएको कुरा बताउनुभयो।

प्रधानमन्त्री लीले चीनले विभिन्न मुलुकका वरिष्ठ व्यक्तिलाई चीनको आधुनिकीकरण निर्माणमा संलग्न हुन स्वागत गरेको कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु