फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2017 मा विश्व अर्थतन्त्र अपेक्षित दिशातर्फ विकास हुने डाभोस मञ्चको अनुमान

(GMT+08:00) 2017-01-21 14:35:55

जनवरी बीस तारिख विश्व अर्थ मञ्चको 47औँ वार्षिक सम्मेलन डाभोसमा सम्पन्न भएको छ। चालू वर्षको डाभोस मञ्चमा तीन सय विविध छलफल बैठकको आयोजना गरिएको छ। जनवरी बीस तारिख विहान आयोजना भएको "विश्व अर्थमन्त्रको पुर्वानुमान 2017" नामक छलफल बैठक हरेक वर्षको डाभोस मञ्चको परम्परागत बैठक हो। अन्तर्राष्ट्रिय मुद्रा कोषका अध्यक्ष क्रिस्टिन लागार्ड, बेलायतका अर्थमन्त्री, जर्मनीका अर्थमन्त्री, जापानी केन्द्रीय बैंकका गभर्नर, अमेरिकी ब्लेकरोक समूह बोर्डका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत लगायतका अतिथिहरू उक्त बैठकमा सहभागी हुनु भएको थियो।

अन्तर्राष्ट्रिय मुद्रा कोषका अध्यक्ष लागार्डले अन्तर्राष्ट्रिय मुद्रा कोषले भर्खरै सार्वजनिक गरेको अनुमान अनुसार, सन् 2017 विश्व अर्थतन्त्रको समष्टिगत स्थिति आशावादी हुने कुरा बताउनुभयो।

जर्मनीका अर्थ मन्त्री वोल्फगाङ स्याबलले विगत दुई वर्षदेखि यूरो जोनको अर्थतन्त्र राम्रोसँग विकास भएको बताउनुभयो। गत वर्ष जर्मनीको आर्थिक बृद्धि दर 1.7 प्रतिशत रहेको थियो। उपभोक्ताको आवश्यकता सशक्त देखिएको बताउँदै उहाँले रोजगारी दरमा पनि ठूलो मात्रामा सुधार भएको बताउनुभयो। उहाँको विचारमा बेलायत यूरोपबाट निष्केपछि चालू वर्षमा यूरोपमा ठूलो प्रभाव परेको छैन र दीर्घकालीन दृष्टिकोणबाट हेर्दा पनि प्रभाव स्पष्ट छैन। सन् 2017 मा यूरोपका केही मुख्य मुलुकहरूले निर्वाचनको आयोजना गर्ने छन्।

अमेरिकी नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पद सम्हाल्नुभएपछि चाल्नुहुने आर्थिक नीतिबारे चर्चा गर्दा अमेरिकी ब्लेकरोक समूह बोर्डका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृतको विचारमा अमेरिका पहिला प्राप्त भएका व्यापारिक सम्झौताहरू विश्वव्यापी सम्झौता भएकाले एकतर्फी रुपमा निस्कृय बनाउन सकिँदैन।

जानकारी तथा लेखहरु