फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङ्गहाई सहयोग संगठनको उप विदेशीमन्त्री स्तरिय सम्मेलनमा चिनियाँ सहायक परराष्ट्रमन्त्री सहभागी

(GMT+08:00) 2017-01-21 14:37:17

शाङ्गहाई सहयोग संगठनको सदस्य मुलुकका उप विदेश मन्त्रीस्तरिय सम्मेलन जनवरी बीस तारिख शुरु भएको छ। चिनियाँ सहायक परराष्ट्र मन्त्री ली ह्वीलाईले नेतृत्व गरेको प्रतिनिधि मण्डलले सो सम्मेलनमा भाग लिइरहेको छ। शाङ्गहाई सहयोग संगठनका अन्य सदस्य मुलुकका उप विदेश मन्त्रीहरु, शाङ्गहाई सहयोग संगठनका महासचिव, क्षेत्रीय आतंकबाद विरोधी संस्थाको कार्यान्वयन समितिका प्रमुख लगायतका व्यक्तिहरुले पनि सो सम्मेलनमा भाग लिइरहनुभएको छ।

सम्मेलनमा सहभागीहरुले नयाँ परिस्थितिमा शाङ्गहाई सहयोग संगठनको विकासबारे गहन रुपमा बैचारिक आदानप्रदान गरेका छन्। साथै सदस्य मुलुकका नेतागण बीच समाप्त मतैक्यको व्यवहारिक कार्यन्वयन गर्दै क्षेत्रीय सुरक्षा तथा स्थिरताको संयुक्त संरक्षण गरेर सो संगठनको स्वस्थ तथा स्थिर विकासलाई अघि बढाउनुपर्ने ठहर पनि व्यक्त गरिएको छ।

सो सम्मेलनको अवधिमा चिनियाँ सहायक परराष्ट्र लीले रुसी, कजाकिस्तानी उप विदेश मन्त्रीहरुसँग बेग्लाबेग्लै रुपमा भेट गर्नुभई आपसी सम्बन्धबारे छलफल गर्नुभएको छ।

जानकारी तथा लेखहरु