फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बिगत पच्चीस वर्षमा हिमतालको विस्तार 14.1 प्रतिशत

(GMT+08:00) 2017-01-21 15:11:00

गत शताब्दीको नब्बे दशकदेखि अहिलेको पच्चीस वर्षमा हिमालयको हिमतालको विस्तार 14.1 प्रतिशत भएको छ। विश्वव्यापी निरन्तर तापक्रमको वृद्धिले आंशिक हिमतालको विस्तार जारी हुँदै जानेछ र जसबाट ती तालहरु विस्फोट हुने खतरा बढ्दै आएको देखिन्छ।

चिनियाँ बिज्ञान शास्त्र प्रतिष्ठान अन्तर्गत छङतु पहाडी क्षेत्रमा हुने प्रकोप तथा वातावरणीय अनुसन्धानालयका उप अनुसन्धानकर्ता ने योङ लगायतको टोलीले हालै सो अनुसन्धान नतिजालाई 'रिमोर्ट सेन्सरिङ अफ इन्भाइरोमन्ट' मासिक पत्रिकामा सार्वजनिक गरेको हो।

सो अनुसन्धानबाट छानिएका 118 वटा हिमतालमध्येका 60 प्रतिशत चीनको तिब्बतमा पर्दछन् र मुख्यतया नेरामु, केरुङ आदि अठार वटा जिल्लामा पाइन्छ।

जानकारी तथा लेखहरु