फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ट्रम्पको शपथग्रहणपछि बहुमुलुकको अमेरिकाप्रतिको अपेक्षा

(GMT+08:00) 2017-01-22 18:32:49

दोनाल्ड ट्रम्प जनवरी बीसदेखि अमेरिकाको 45 औं राष्ट्रपति बन्नुभएको छ। अधिकांश मुलुकका सरकार प्रमुख तथा राष्ट्रप्रमुखहरुले अमेरिकी नयाँ सरकारसँग सहकार्य गर्ने अपेक्षा व्यक्त गरेका छन्। साथै चर्चित विषयबारे मतैक्य हासिल गर्ने आशा पनि ती मुलुकहरुले प्रकट गरेका छन्।

इजिप्टको राष्ट्रपति भवनले एक वक्तव्य प्रकाशित गर्दै राष्ट्रपति अब्देल फताह सीसीले इजिप्ट-अमेरिका सम्बन्ध ट्रम्पको चार वर्षको कार्यावधिमा नयाँ फड्को हुने अपेक्षा व्यक्त गर्नुभएको जनाएको छ। चर्चित विषयबारे आपसी सम्पर्कलाई कायम राख्नु नै मध्यपूर्व क्षेत्रको स्थिरता, शान्ति तथा विकासका लागि हितकर भएको पनि सो वक्तव्यमा उल्लेख गरिएको छ।

बेल्जियमका प्रधानमन्त्री चाल्स मिछेलले एउटा विज्ञप्ति सार्वजनिक गर्दै ट्रम्पको कार्यावधिमा आतंकबाद तथा उग्रबादको प्रतिरोध गर्ने क्षेत्रमा अमेरिकासँग घनिष्ट सहयोग गर्दै जाने आशा व्यक्त गर्नुभएको छ।

फ्रान्सेली विदेश मन्त्री राड मार्क आराउल्टले साझा हित तथा मान्यता भएको फ्रान्स तथा अमेरिका बीच घनिष्ट सम्बन्धलाई चाँडै खडा गर्ने पुष्टि गर्नुभएको छ।

साथै मेक्सिको, कोलम्बिया, एस्टोनियाका राष्ट्रपति र क्रोटियाका प्रधान मन्त्रीले पनि अमेरिकासँगको सम्बन्धलाई बलियो पार्ने इच्छा व्यक्त गरेका छन्।

उता केही मुलुकका सरकारी पदाधिकारीले ट्रम्प सरकारले लागू हुने सम्भावित नीतिहरुप्रति चिन्ता व्यक्त गरेका छन्।

बेल्जियमका उपप्रधान मन्त्री एवम् विदेशमन्त्री दिदिएर रेन्देर्सले ट्रम्पले एकजना साझेदारसँग मात्रै वार्ता गर्न इच्छा लिएकाले बहुपक्षबादको सामु कठिन अवस्था देखा पर्ने चिन्ता व्यक्त गर्नुभएको छ।

फ्रान्सेली राष्ट्रपति ओलान्दले ट्रम्प शपथग्रहणअघि ट्रम्पको संरक्षणबादी विचारको विरोध गर्नुभएको छ।

जानकारी तथा लेखहरु