फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतमा रेल दुर्घटना परी 39 को मृत्यु

(GMT+08:00) 2017-01-22 18:33:55

भारतीय प्रहरीले जनवरी 22 तारिख जनाएअनुसार, जनवरी 21 तारिख राति आन्द्र प्रदेशमा एक रेल दुर्घटना भएको छ। उक्त दुर्घटनामा परी 39 जनाको मृत्यु हुनुका साथै 50 जनाभन्दा बढी घाइते भएका छन्।

जगदालपुरबाट भुवनेश्वर जाँदै गरेको रेल दुर्घटना भएको हो। 21 तारिख राति एघार बजेर बीस मिनेट जाँदा आन्द्र प्रदेशको एक रेल स्टेशन नजिकै दुर्घटना भएको छ।

स्थानीय सरकारले उद्धारका लागि दुर्घटना स्थलमा दशवटा उद्धार गाडी पठाएको छ। घाइत भएकाहरू उपचार लिन नजिकै दुई वटा अस्पताल पठाइएका छन्। दुर्घटना के कारणले भयो भन्ने बारेमा छानबिन सुरु भएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा उक्त दुर्घटनाप्रति "ज्यादै दुःख" लागेको बताउँदै रेल विभागले जोडतोडताका साथ उद्धार गरिरहेको कुरा उल्लेख गर्नु भएको छ।

जानकारी तथा लेखहरु