फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मरुभूमिकरण निवारण सन्धिको तेह्रौं सम्मेलन चीनमा आयोजना हुने

(GMT+08:00) 2017-01-22 18:35:01

आगामी सेप्टेम्बरको पूर्वार्द्धमा चीनको भित्री मंगोलियाको अरदोस शहरमा संयुक्त राष्ट्र संघको मरुभूमिकरण निवारण सन्धिको तेह्रौं सम्मेलन आयोजना हुने भएको छ। सन्धिमा हस्ताक्षरित 195 वटा पक्षका प्रतिनिधिहरु जम्मा गरी 1400 जनाले सो सम्मेलनमा विश्वव्यापी मरुभूमिकरण निवारण योजनाबारे छलफल गर्नेछन्। चीनको राष्ट्रिय बन व्यूरोका उपप्रमुख चाङ योङलीले जनवरी बाइस तारिख आयोजित राष्ट्रिय प्रेस कार्यालयको पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।

'हातमा हात मिलाएर मरुभूमिकरणको निवारण गर्दै मानवजातिको हित-कल्याणको संयुक्त सिर्जना गरौं' सो सम्मेलनको मुख्य नारा रहेको छ। संयुक्त राष्ट्र संघद्बारा निश्चित 'सन् 2030 अघि विश्वमा जग्गा बिग्रने बृद्धि सून्ना'भन्ने लक्ष्यलाई साकार तुल्याउनु सम्मेलनको प्रमुख कार्य हो।

संयोजक चीनले तेह्रौं सम्मेलनको संयोजन गर्नुले मरुभूमिकरण निवारण गर्ने जिम्मेवारीलाई व्यवहारमा उतार्ने सकारात्मक धारणा प्रतिविम्वित भएको देखिन्छ।

जानकारी तथा लेखहरु