फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानको एक तरकारी तथा फलफूल पसलमा बम विस्फोटन हुँदा 25 जनाको मृत्यु

(GMT+08:00) 2017-01-22 18:34:11

पाकिस्तानी सञ्चार-माध्यमले जनवरी 21 तारिख जनाएअनुसार, सोही दिन विहान उत्तर-पश्चिमी पाकिस्तानको कुर्राम क्षेत्रको एक तरकारी तथा फलफूल पसलमा विस्फोटन भएको छ। विस्फोटनबाट हालसम्म कम्तीमा 25 जनाको मृत्यु हुनुका साथै 50 जना घाइते भएका छन्।

पाकिस्तानी सेनाले विस्फोटन उपकरण एक स्याउभित्र थाकभित्र राखिएको र रिमोट कन्ट्रोलद्वारा पड्काइएको कुरा बताएको छ। विस्फोटन हुँदा धेरै सर्वसाधारणहरू तरकारी तथा फलफूल पसलमा सामान किन्दै थिए। स्थानीय सर्वसाधारणहरूले जनवरी 22 तारिख मृत्यु भएकाहरूका लागि श्रद्धान्जली समारोहको आयोजना गर्ने भएका छन्।

पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफ र पाकिस्तानी स्थल सेनाका चिफ अफ स्टाफ कमार जाभेद बज्वाले उक्त हमलाको निन्दा गर्नुभएको छ र अस्पतालसँग घाइते भएकाहरूलाई उपचार गर्न सक्दो प्रयास गर्न आग्रह गर्नुभएको छ।

पाकिस्तानी तालिवानले उक्त हमला गरेको दावी गरेको छ।

जानकारी तथा लेखहरु