फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतको अवरोध केरुङ-काठमाडौं रेल खुल्ने चिनियाँ प्राध्यापकको भनाइ

(GMT+08:00) 2017-01-23 18:23:06

चिनियाँ प्रोफेसर डी फाङयाओले भारतले अवरोध गर्न खोजे पनि चिनियाँ रेल केरुङबाट काठमाडौं हुँदै लुम्बिनीसम्म जोडिने दाबी गर्नुभएको छ। नेपाल भ्रमणमा रहेको चिनियाँ थिङ्क–टयाङ्क टोलीका सदस्य तथा सिन्च्याङ विश्वविद्यालय मातहतको साउथ एसियन इन्स्टिच्युटका कार्यकारी निर्देशक डीले भन्नुभयो, 'अमेरिका वा भारतको चाहना मात्र सबै कुरा होइन।' चीनले अघि सारेको 'सिल्क रोड' योजनाले अमेरिका र भारतलाई झस्काउनू स्भाविक भएको तर्क गर्दै यो परियोजनाबाट आर्थिक–सामाजिक रुपमा विश्वका एक सय मुलुकले लाभ लिन सक्ने अध्ययनहरुले देखाएको भनाइ उहाँको छ।

अमेरिकाले अघि सारेको 'न्यू सिल्क रोड' र भारतले पनि त्यस्तै परियोजनाबारे सोचिरहेको सन्दर्भलाई जोड्दै प्रोफेसर डीले उनीहरुका योजनाहरु चीनको योजनाका तुलनामा कमजोर रहेको' जिकिर गर्नुभयो।

नेपालखबर अनलाईनका अनुसार नेपालको विकासमा राजनीतिक अस्थिरताले वाधा पुर्याइरहेको बताउँदै यसतर्फ नेपालले ध्यान दिन जरुरी रहेको उहाँको सुझाव छ। चीन–नेपाल–भारतबीचमा त्रिपक्षीय समझदारी गरेर अगाडि बढ्ने बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले 2015 को मे मा बेइजिङ भ्रमण गर्दा छलफल भएको डीले स्मरण गर्नुभयो।

जानकारी तथा लेखहरु